नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन सुरु


काठमाडौँ, २४ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा १४ औँ महाधिवेशन सुरु भएको हो । 

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका सत्तारुढ दलका नेताहरूको सहभागिता रहेको छ । 

पार्टी प्रतिनिधि तथा पाहुनाहरू आउने क्रम जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्