व्यवस्था फेरिए पनि उही मानसिकता भएका व्यवस्थापक भइदिँदा देशमा परिवर्तन हुन सकेन : सिपी मैनाली


काठमाडौँ, २४ मङ्सिर । नेकपा मालेका महासचिव सिपी मैनालीले व्यवस्था फेरिए पनि उही मानसिकता भएका व्यवस्थापक भइदिँदा देशमा परिवर्तन हुन नसकेको बताएका छन् । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै मैनालीले उक्त विचार व्यक्त गरेका हुन् ।

 
काठमाडौँको भृकुटीमण्डपमा आजबाट नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सुरु भएको छ । 

कार्यक्रममा देशी विदेशी पाहुनासहित प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका सत्तारुढ दलका नेताहरूको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्