सरकार सरकारजस्तो छैन, अदालत पनि अदालतजस्तो छैन : राजेन्द्र लिङ्देन


काठमाडौँ, २४ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार सरकार जस्तो र अदालत अदालतजस्तो नभएको आरोप लाएका छन् । नेकपा नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै राप्रपा नेपालका अध्यक्ष लिङ्देनले उक्त विचार व्यक्त गरेका हुन् ।

हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका लिङ्देनले पछिल्लो समय राजनीति पार्टीप्रति जनताको विश्वास घटेको बताए । उनले सरकार सरकारजस्तो नभएको, अदालत अदालतजस्तो नभएको विचार व्यक्त गरे । उनले यो संसदीय व्यवस्था असफल भएकोले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्धतिमा जानु पर्नेमा जोड दिए । 

काठमाडौँको भृकुटीमण्डपमा आजबाटसुरु भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा विदेशी पाहुनासहित नेपालका राजनैतिक पार्टीका प्रमुखले शुभकामना दिने काम जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्