गणतन्त्रको विकल्प अब राजतन्त्र हुन सक्दैन : माधव नेपाल


काठमाडौँ, २४ मङ्सिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गणतन्त्रको विकल्प नभएको बताए । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले उक्त विचार व्यक्त गरेका हुन् ।

 
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले गणतन्त्रमा केही समस्या रहे पनि गणतन्त्रको विकल्प अब गणतन्त्र नै रहेको विचार व्यक्त गरे । पछिल्लो समय कामभन्दा कुरा बढी गर्ने परम्पराको विकास भएको बताउँदै अब कुराभन्दा काम गर्नु पर्ने बेला आएको बताए । 

साथै पूर्व राजालाई राजनीति नगर्न आग्रह गर्दै राजनीति गर्ने भए पार्टी खोलेर आउन आग्रहसमेत गरे ।  

प्रतिक्रिया दिनुहोस्