सत्तामा पुगे पछि राजनैतिक पार्टीमा आफ्ना एजेन्डा भुल्ने रोग रहेको छ : प्रचण्ड


काठमाडौँ, २४ मङ्सिर । सत्तामा पुगे पछि राजनैतिक पार्टीहरू आफ्ना एजेन्डाबाट विमुख हुने गरेको बताए । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त विचार व्यक्त गरेका हुन् । 

परिवर्तनलाई संस्थागत गर्न सबै लोकतान्त्रिक पार्टीबिच एकताको खाँचो रहेको बताए । माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक दलहरूलाई एक्लै नहिँड्न पनि सुझाव दिए । उनले नेपाली काँग्रेस, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँगको सम्बन्धको बारेमा स्मरण गराएका थिए ।

काठमाडौँको भृकुटीमण्डपमा आजबाटसुरु भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सुरु भएको छ 

प्रतिक्रिया दिनुहोस्