राष्ट्र निर्माणका सवालमा नेकपा एमाले सबै सँगै छ : केपी शर्मा ओली


काठमाडौँ, २४ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणका सवालमा नेकपा एमाले सबै राजनैतिक दलसँगै रहेको बताए । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै एमाले अध्यक्ष ओलीले उक्त विचार व्यक्त गरेका हुन् ।

राजनैतिक पार्टीलाई जनताले चोर भन्ने गरेको अभिव्यक्तिलाई प्रतिवाद गर्दै अध्यक्ष ओलीले राप्रपाका नव निर्वाचित अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनप्रति व्यङ्ग्य गर्दै भर्खर हिँड्न जानेको बाच्छोको संज्ञा दिएका छन् ।

साथै ओलीले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री मात्र नभएर संसद्को नेताको भूमिका निभाउन पनि आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्