माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, १ नं प्रदेशको अधिवेशन सुन्दरहरैँचामा हुने


मोरङ, २५ मङ्सिर । नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज (शनिबार) सम्पन्न हुँदै छ । आज हुने प्रदेश सम्मेलनको अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश नं १ को अधिवेशन भने मोरङको विराटचोकमा हुँदै छ ।

दिउसो १ बजे उद्घाटन हुने अधिवेशनको पूर्ण तयारी भइसकेको सम्मेलन आयोजक कमिटी जनाएको छ । प्रदेश–१ को सुन्दरहरैँचाको विराटचोक, प्रदेश–२ को जनकपुर, बागमतीको काठमाडौँ, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुने पार्टीले जनाएको छ ।

एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय प्रदेश समितिका पदाधिकारी चयन हुनेछन् । आज सम्पन्न हुने सम्मेलनबाट यी पदाधिकारीसहितको समिति चयन हुनेछ । माओवादीको राष्ट्रिय सम्मेलन भने आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदै छ । 

प्रतिक्रिया दिनुहोस्