काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन प्रक्रिया सुरु हुँदै


काठमाडौँ, २५ मङ्सिर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका प्रक्रिया आज (शनिबार) सुरु हुँदै छ । हिजो भृकुटी मण्डपमा सुरु भएको महाधिवेशनबाट १३ पदाधिकारीसहितको १३४ केन्द्रीय समितिको निर्वाचन हुनेछ । 

आज (शनिबार) बिहान १० बजे देखि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ताका लागि भोलि अर्थात् मङ्सिर २६ गते आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ ।

सभापति, उपसभापति दुई, महामन्त्री दुई र सह महामन्त्री आठ पदका लागि निर्वाचन हुने छ ।

देउवाले भरसक सर्वसम्मतिबाटै आफूलाई नै सभापतिको लागि उमेद्वार बनाउने कसरत गरिरहेका छन् । तर अहिले सम्मको अवस्थालाई हेर्दा उनको त्यो प्रयास असम्भव जस्तै देखिएको छ । सभापतिमा पौड्याल र देउवा पक्षको कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्