मोटरसाइकल दुर्घटनामा परेर बेलबारीमा एक जना युवाको मृत्यु


बेलबारी, २५ मङ्सिर ।  मोरङको बेलबारी नगरपालिमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी–८ का २९ वर्षीय डम्बर थापा रहेको प्रहरीले जनाएको छ ।

सडकमा रोकेर राखिएको प्रदेश १–०२–००३ त ०३८० नम्बरको ट्याक्टरमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ५ प ५९५९ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक बेलबारी–८ का २९ वर्षीय थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

मोटरसाइकलको पछाडि सवार बेलबारी–८ कै २८ वर्षीय राजन पराजुली घाइते भएको र उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनापछि दुवै सवारी साधन र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्