लालीगुराँसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न


बेलबारी, २५ मङ्सिर । बेलबारीमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारीले एक कार्यक्रमबिच आफ्नो २७ औँ साधारणसभा सम्पन्न गरेको छ । बेलबारी १ मा रहेको सांस्कृतिक सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी महासङका केन्द्रीय उपाध्यक्ष रमेश पोखरेलले गरेका थिए । 

उक्त कार्यक्रममा जिल्ला बचत संध मोरङका सचिव एकराज निरौला, बेलबारी नगरपालिका प्रवक्ता योगेन्द्र सुवेदी, बेलबारी नगरपालिका वडा नं १ र २ का अध्यक्ष क्रमशः ः चक्रबहादुर खुलाल र घनश्याम गौतम, नगर सहकारी सञ्जाल बेलबारीका उपाध्यक्ष गंगा श्रेष्ठ, हिमालय साकोस केराबारीका अध्यक्ष शिवप्रसाद लामिछाने लगायतको उपस्थिती रहेको थियो । 

उक्त कार्यक्रममा श्रीमती तिलकुमारी न्यौपाने ‘तीला लेकाली’ लाई पूर्व  संचालकको रूपमा सम्मान गरिएको थियो भने उत्कृष्ट बचतकर्ताबाट नन्दकुमार राई र लक्ष्मी लिम्बू पुरस्कृत भएका थिए । सचिव नारायणप्रसाद आचार्यबाट संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र थापाबाट आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक राजु बस्नेतबाट लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत भएको थियो ।

 ५५ प्रिन्ट रगत सङ्कलन

संस्थाले वार्षिक साधारणसभाको अवसर पारेर शनिवार बिहान रक्तदान कार्यक्रम आयोजना गरेको छ । २७ औँ वार्षिक साधारणसभाको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रगत सङ्कलन भएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्