प्रिस्का पराजुलीलाई उपचारार्थ आर्थिक सहयोग जुट्दै : सहयोगको लागि परिवारको अपिल


सुन्दरहरैंचा, २५ मङ्सिर । सानै उमेर देखि गम्भीर बिरामी क्यान्सर भएर २ वर्ष देखि भारतमा उपचारको क्रममा रहेकी सुन्दरहरैंचाकाे सिद्धार्थ स्कुलको कक्षा २ मा अध्ययन गर्दै आएकी प्रिस्का पराजुलीको परिवारलाई आर्थिक सहयोग जुटेको छ ।

नापी कार्यालय बेलबारी , पाथीभरा स्वतन्त्र महिला समूह , लायन्स क्लब अफ इन्द्रपुर , इन्द्रपुर जेसिज , सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घ लगायतबाट संयुक्त रूपमा एक कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई सङ्कलन भएको रकम रु १ लाख ६० हजार ५ सय हस्तान्तरण गरिएको छ ।

पीडित परिवारको लागि सिद्धार्थ स्कुलबाट समेत रकम सङ्कलन भएको तथा थप सहयोगको लागि समेत आवह्नान गरिएको प्रिन्सिपल अर्जुन बस्नेतले बताए । सानी विद्यार्थी नानी प्रिस्काकाे अवस्था हाल सुधारउन्मुख भए पनि लामो समय देखि उपचारको क्रममा रहँदा अहिले परिवारमा चरम आर्थिक समस्या भएको विद्यालयका सहायक प्रिन्सिपल जेबी थुलुङले जानकारी दिए ।

कसैलाई सहयोग गर्न मन भए खुल्ला दिलबाट मानवीय नाताले सम्पर्क गरी सहयोग गर्न आग्रह गरिएको छ । अझै प्रिस्काकाे उपचारका लागि परिवारलाई ठुलो धनराशिको आवश्यकता परेको बिरामी नानीको हजुरबुवा भीमबहादुर चौहानले बताए । उनले उपचारको लागि परिवारको चलअचल सम्पत्ति सबै सकिएको उल्लेख गरेका छन् ।

सानै उमेर देखि गम्भीर बिरामी भएर उपचारको क्रममा रहेकी प्रिस्का पराजुली नानीको परिवारलाई आर्थिक सहयोग गर्ने सङ्घ संस्था तथा व्याक्तिकाे नामावलीमा नापी कार्यालय बेलबारीबाट रु ३५ हजार , कञ्चन कुलुङ राई – बेलबारी २५ हजार ,पाथीभरा स्वतन्त्र महिला समूह २१ हजार ५ सय, लायन्स क्लब अफ इन्द्रपुर१५ हजार ( रोहितकुमार शाह तथा छोरी राेसीका शाहको तर्फबाट ) सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घ १५ हजार ,इन्द्रपुर जेसिज १५ हजार , सुमन गजमेर १० हजार ,टेकमणि न्यौपाने १० हजार ,भवानी अधिकारी १० हजार ,गोपाल ढकाल खाेर्साने २ हजार , मणिराम दाहाल -सञ्चारकर्मी १ हजार ५ सय तथा गाेविन्दबहादुर कार्की ५ सय रहेको छ ।

जसमा जम्मा १ लाख ६० हजार ५ सय रकम सङ्कलन गरी पीडित परिवार हस्तान्तरण गरिएको छ । जसमा लायन्स क्लब अफ इन्द्रपुरका अध्यक्ष रोहितकुमार शाहले रकम सङ्कलनको लागि राम्रो नेतृत्व तथा पहल समेत गरेका थिए । जेसी कृष्णप्रसाद ओझाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्