मोरङ जिल्ला अन्तरपालिका स्तरीय डोरितान प्रतियोगिताको उपाधि बुढिगंगालाई


बेलबारी, २५ मङ्सिर । प्रथम मोरङ जिल्ला अन्तरापालिकास्तरीय डोरीतान प्रतियोगिताको उपाधि बुढिगंगा नगरपालिकाले जितेको छ । मिक्लाजुङ गाउँपालिकाको टिमलाई हराउँदै बुढिगगाले उपाधि जित्न सफल भएको हो । 

प्रतियोगिताका विजेता टिमले ५१ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले ३५ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । 

मोरङ जिल्लाभरिका ९ वटा पालिकाका टिमले सहभागिता प्रतियोगितामा रतुवामाईले अनुशासित टिम र सुनवर्षीले वेस्ट कोचको पुरस्कार प्राप्त गरेको नेपाल डोरीतान नगर समिति बेलबारीका अध्यक्ष शीतल रायले जानकारी दिएकी छन् । 

बेलबारी नगरपालिका वडा नं ४ मा रहेको बेतना युनाइटेड खेलमैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले गरेकी थिइन । 

उक्त कार्यक्रममा सुनवर्सी नगरपालिकाका कार्यवाहक प्रमुख राजेन्द्रकुमार दास, झुम्का कारागारका प्रमुख प्रदीप शाह, नेपाल डोरीतान समितिका प्रदेश नं १ का अध्यक्ष रीता न्यौपाने, मोरङ जिल्ला उपाध्यक्ष दीपक घिमिरे, १ नं प्रदेश खेलकुद विकास बोर्डका सदस्य सन्तोष बान्तवा, मोरङ जिल्ला खेलकुद विकास समिति अध्यक्ष रोहित कोइराला लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्