मोरङका राजनीतिकर्मी ललित श्रेष्ठलाई मात्रृशोक


मोरङ, २६ मङ्सिर । नेपाली काङ्ग्रेस मोरङ जिल्ला सचिव ललितबहादुर श्रेष्ठलाई मात्रृशोक परेको छ । सुन्दरहरैंचा ९ निवासी श्रेष्ठकी आमा विष्णुमायाको शनिवार दिउसो ७६ वर्षीको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

लामो समयदेखि पेसरको रोगबाट ग्रसित रहँदै आएकी मृतक श्रेष्ठलाई केही महिना अघि पेसरले सताए पछि नोबेल अस्पताल विराटनगरको उपचार पछि आरामका लागि घरमै राखिएको थियो ।

स्वर्गीय श्रेष्ठका तीन भाइ छोरामध्ये जेठा छोरा शम्भु श्रेष्ठ र माइला छोरा दुर्गाकुमार श्रेष्ठ व्यवसायी हुन् भने कान्छा छोरा ललित राजनीतिकर्मी हुन् । मृतक श्रेष्ठको आज (आइतवार) बिहान इटरिस्थित बुढिगंगा घाटमा सदगति गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्