काँग्रेसमा १३४ पदका लागि ५४८ जना उम्मेदवारी दर्ता


काठमाडौँ, २६ मङ्सिर । नेपाली काँग्रेसको जारी महाधिवेशनमा काँग्रेसमा १३४ पदका लागि ५४८ जना उम्मेदवारी दर्ता भएका छन् । शनिवार परेका ती उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बिहान ११ बजेसम्मका लागि समय छुटाइएको र त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

आज (आइतबार) सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ र सोमबार बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाइएको छ ।सभापतिका लागि देउवासहित विभिन्न ६ विभिन्न जनाको उमेद्वारी परेको छ भने उपसभापतिका लागि ७ जनाको उमेद्वारी परेको छ ।

त्यस्तै महामन्त्रीमा ६ जना, सह महामन्त्रीमा २० जनाको उम्मेदवारी परेको छ ।काँग्रेसको केन्द्रीय कार्यसमितिको १३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्