दुर्घटनामा परेर मोरङको पथरीमा एक जना युवाको मृत्यु


मोरङ, २६ मङ्सिर । मोरङको पथरीशनिश्चरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–६ का ३४ वर्षीय शङ्कर पोखरेल रहेको प्रहरीले जनाएको छ । 

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २० च २१६२ नम्बरको स्कोरपिओ र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरेलको मृत्यु भएको बताए ।

 
प्रहरी निरीक्षक खड्काका अनुसार बिहान ९ः४५ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको हो । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको बताएको छ । 

प्रहरीले स्कोरपिओ र त्यसका चालक सप्तरीको फत्तेपुर–१ का २७ वर्षीय रोशन विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्