काँग्रेसको आज हुने मतदानमा रामचन्द्र पौडेलले भाग नलिने


काठमाडौँ, २७ मङ्सिर । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) हुन लागेको मतदान प्रक्रियामा सहभागी नहुने भएका छन् ।आफ्नो समूहबाट सभापतिको सर्वसम्मत उम्मेदवार छान्न असफल भएपछि निरास बनेर सक्रिय राजनीतिबाटै विश्राम लिने मनसायमा पुगेका पौड्यालले आज हुन गइरहेका मतदान प्रक्रियामा भाग नलिने घोषणा गरेका हुन् ।

काँग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदै छ । आज हुने निर्वाचनमा सभापतिका लागि देउवासहित पाँच जनाको प्रतिस्पर्धा हुँदै छ । 

काँग्रेसको केन्द्रीय कार्यसमितिको १३२ पदका लागि मतदान हुँदै छ । १३४ मध्ये २ जना केन्द्रीय सदस्य भने यस अघि नै निर्विरोध रूपमा निर्वाचित भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्