एमालेले तोक्यो सात प्रदेश इन्चार्ज, प्रदेश १ मा देवराज घिमिरे चयन


काठमाडौँ, २७ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सात वटै प्रदेश इन्चार्ज तोकेको छ । भक्तपुरमा दुई दिन सम्म चलेको केन्द्रीय कमिटी बैठकले नयाँ इन्चार्ज तोकेका हो ।प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् भने प्रदेश २ मा रघुवीर महासेठ ।

त्यस्तै बागमतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ । 

साथै केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो गठन र माघ ८ गतेका लागि प्रदेश अधिवेशनको मितिसमेत तोकेको छ । 

प्रतिक्रिया दिनुहोस्