काँग्रेसको सभापतिमा देउवाको अग्रता कायमै


काठमाडौँ, २८ मङ्सिर । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणनाको परिणामले देउवाको अग्रता कायमै रहेको देखाएको छ । बिहान ७ बजेसम्मको मत परिणाम अनुसार देउवाले १,१०५ ल्याउँदा शेखर कोइरालाको ८२२ मत प्राप्त गरेका छन् निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना चलिरहँदा २३०० मत गनिसकेको जनाएको छ ।

सभापति पदमा देउवा, शेखर कोइरालासहित विभिन्न पाँच जनाले उमेद्वारी दिए पनि शेरबहादुर देउवा र शेखर कोइरालाबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । 

कूल मत ४ हजार ६७९ खसेको मा विजयी हुन कम्तीमा २३४० मत ल्याउन जरुरी हुन्छ । कूल मतको ५१ प्रतिशत मत कसैले ल्याउन नसकेको खण्डमा पुनः मतदान गर्नुपर्ने प्रावधान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्