फोनिज मोरङको अध्यक्षमा दिनेश सुब्बा चयन


बेलबारी, २८ मङ्सिर । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज मोरङको अध्यक्षमा दिनेश सुब्बा सर्वसम्मत रुपमा चयन भएका छन् । आइतवार कानेपोखरीमा सम्पन्न भएको जिल्ला अधिवेशनबाट सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

सुब्बाको यो दोस्रो कार्यकाल हो । उनी यस अघि पनि फोनिज मोरङको अध्यक्ष थिए । 

समितिको उपाध्यक्षमा अशोक गुरुङ, सचिवमा अनिल श्रेष्ठ, सह–सचिवमा बबिता साम्पाङ राई र कोषाध्यक्षमा रामकुमारी तामाङ चयन भएका छन् । त्यसैगरी समितिको अन्य सदस्यहरूमा सुरन्जन लिम्बू, सृजना धिमाल, राजेश राजवंशी, सुमन कुरुङ्बाङ, शिवहाङ राई, संगिता राई, सम्झना राई र विद्यानन्द चौधरी रहेका छन् । 

त्यस्तै अधिवेशनले प्रादेशिक र सङ्घीय महाधिवेशन प्रतिनिधिकोसमेत छनोट गरेको छ । प्रादेशिक महाधिवेशन प्रतिनिधिमा अजित धिमाल, सन्तोष राई, सन्दीप राई, बबिता लिम्बू, ऋषि राई, सोनीकुमार आङ्देम्बे र बाबुराम मुडरियालाई चयन भएका छन् भने सङ्घीय महाधिवेशन प्रतिनिधिमा भक्तशेर लिम्बू र फिपराज बेघा र सुजाता लिम्बू रहेका छन् ।   

प्रतिक्रिया दिनुहोस्