काँग्रेस सभापतिको दोस्रो चरणको मतदान सुरु, देउवा र कोइरालाबिच प्रतिस्पर्धा हुँदै


काठमाडौँ, २८ मङ्सिर। नेपाली काँग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन सुरु भएको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसके पछि सभापतिका लागि पुन : निर्वाचन भएको हो । 

दोस्रो चरणको मतदानका लागि सभापतिमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र डां शेखर कोइरालाबिच प्रतिस्पर्धा हुँदै छ । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले २,२५८, शेखर कोइरालाले १,७०२ मत प्राप्त गरेका थिए । निर्वाचन साँझ ७ः३० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । 

दोस्रो चरणको मतदानमा सिंह, निधि र गुरुङले समर्थन गर्ने बताए पछि परिणाम देउवाको पोल्टामा पर्ने सम्भावना बढेर गएको छ ।

देउवाको नेतृत्वमा पार्टी कमजोर भएकोले जसरी पनि उनलाई हराउनु पर्छ भनेर लागि परेका सिंह र निधिले देउवालाई समर्थन गर्नुलाई अर्थ पूर्ण रूपमा हेरिएको छ । यो गठबन्धनलाई अनौठो रूपमा लिने पनि छन् । 

केहीले भने काँग्रेसमा कोइराला परिवारको वर्चस्वलाई कमजोर पार्ने अभिप्रायले यस्तो गठबन्धन भएको भन्ने टिप्पणी गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्