मोरङको सुन्दरहरैँचाको सुकुना माविद्वारा स्वर्ण महोत्सव मनाउँदै


सुन्दरहरैँचा, २९ मङ्सिर । सुन्दरहरैँचा १० मा रहेको सुकुना माविले पौष १ देखि विशेष उत्सवका साथ श्वर्णमहोत्सव मनाउँदै छ । विद्यालयले आज (बुधवार) पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएको हो ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रमलाई रहेको र हरेक दिनलाई विशेष उत्सवकासाथ मनाउने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।  

कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन २ हजार ५ सय १ सदस्यीय मूल समारोह समिति तथा विभिन्न उपसमिति कोसमेत गठन गरेर कामकोसमेत जिम्मेवारी बाँडफाँड भएकोले महोत्सव भव्य र सव्य हुने विद्यालयले आसा गरेको छ । 

पत्रकार सम्मेलनमा सुन्दरहरैँचा नगरपालिका वडा नं १० का अध्यक्ष राजेन्द्र बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर न्यौपाने, प्रधानाध्यापक लक्ष्मी कुमार श्रेष्ठ, विद्यालयका सहायक प्रधानाध्यापकहरू राजेन्द्र प्रसाद गिरी र दामोदर न्यौपाने, विद्यालयका शिक्षक तथा कर्मचारीकोसमेत उपस्थिति रहेको थियो । 

प्रदेश १ कै नमुना विद्यालयको रूपमा रहेको यस सुकुना माविमा १ देखि १२ सम्म अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा पढाइ हुँदै आएको छ । साथै यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारमा सिभिल इन्जिनियरिङ,को पठन पाठन हुँदै आएको छ भने कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कम्प्युटर विज्ञान, होटेल म्यानेजमेन्ट, कानुन, पत्रकारिता जस्ता विषयहरूको पढाइ हुने गरेको छ । 

१३१ जना शिक्षक र १९ जना कर्मचारी कार्यरत यस विद्यालयमा ४ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका विद्यालयले जनाएको छ । २०२९ सालमा स्थापना भएको यस विद्यालय पछिल्लो समय पूर्वकै एक उत्कृष्ट विद्यालयको रूपमा स्थापित भएको छ । 

प्रतिक्रिया दिनुहोस्