बेलबारी २ मा युवा सङ्घको वडा कमिटी गठन


बेलबारी, १ पौष । नेकपा एमालेनिकट युवा सङ्घको बेलबारी २ मा वडा कमिटी गठन भएको छ । बुधवार बेलबारी नगरपालिका वडा नं २ मा रहेको रमिते सामुदायिक वनको सभा हलमा आयोजित भेलाले विक्रम लिम्बूको अध्यक्षतामा १०१ सदस्सीय वडा कमिटी गठन गरेको हो ।

उपाध्यक्षमा रामसागर मेहता, सचिवमा आशिष भुजेल चयन भएका छन् सह–सचिवमा विक्रम खड्का, किरण राई, सुरज ढकाल र कोषाध्यक्षमा अमिङ्सा राई चयन भएका छन् । 

नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य एवम् संविधान सभा सदस्य मधु गुरुङ, नगर कमिटी अध्यक्ष ईरान राई, राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपाध्यक्ष रविन थापा लगायतको उपस्थितिमा कमिटीको गठन गरिएको नेकपा एमाले वडा नं –२ का अध्यक्ष राजु परियारले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्