काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी


काठमाडौँ, १ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । महामन्त्रीमा विजयी गगन थापाले ३०२३ र विश्वप्रकाश शर्माले १९८४ मत प्राप्त गरेका छन् । 

विजयी भएका थापा कोइराला पक्षीय नेता मानिन्छन् भने शर्मा प्रकाश मान सिंहनिकट मानिन्छन् । गगन थापा र विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल, डा. प्रकाश शरण महत, डा. मीनेन्द्र रिजाल र डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवारका रूपमा प्रतिस्पर्धामा थिए । 

उता सभापतिमा यसअघि नै शेरबहादुर देउवा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भइसकेका छन् । 

थापा र शर्माको विजयले काँग्रेसमा रूपान्तरणको मुद्दा मजबुत हुने आसा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्