चासोक तङ्नामको अवसरमा लेटाङमा विशेष सांस्कृतिक कार्यक्रम हुने


मोरङ, ३ पौष । लिम्बु समुदायको महान् चाड चासोक तङ्नामको अवशरमा मोरङको लेटाङमा झाँकी सहितको विभिन्न साँस्कृतिक कार्यक्रम हुने भएको छ ।विहीवार लेटाङमा याक्थुङ चुम्लुङले पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रम बारेमा जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा आयोजक समितिका भवानी माखिमले लिम्बु समुदायको मौलिक संस्कार संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्दै समग्र लिम्बु जातिको एकताको निम्ति चासोक तङ्नामको आयोजना गरिएको बताए । पत्रकार सम्मेलन मार्फत माखिमले यस कार्यक्रममा सबै धर्ममा आस्था राख्ने लिम्बु जातिलाई सहभागिताको लागि अनुरोध पनि गरे ।

पौष ४ गते हुने सञ्चालन हुने उक्त कार्यक्रममा लिम्बु सहित तामाङ, नेवार, राई र मगर जातिको मौलिक नृत्य प्रस्तुत गरिने छ । 

प्रतिक्रिया दिनुहोस्