दमक प्रहरीद्वारा पराजुली हत्याका आरोपी सार्वजनिक


झापा, ३ पौष । दमकका पराजुली हत्यामा संलग्न रहेको आरोपमा झापाको दमकबाट प्रहरी एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक १ का २० वर्षीय अर्जुन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूलाई झापा प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

 
झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले पक्राउ परेका लिम्बू बुधवार दमकमा भएको तेजप्रसाद पराजुलीको हत्याको घटनामा संलग्न रहेको बताए । लिम्बुलाई दमक प्रहरीले पुस १ गते पक्राउ गरेको थियो । हत्या गरिएका पराजुली दमकको घिमिरे मार्केटमा कार्यरत थिए । कारणबिनै कुटपिट गरेको र सोही रिसिविका कारण अर्जुनले पराजुलीको हत्या गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका लिम्बूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्