प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठकमा एमाले सहभागी नहुने


काठमाडौँ, ४ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल सहभागी नहुने जनाएको छ । आइतबार दिउँसो ४ बजेका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाइएका छन् ।

आज डकिएको सर्वदलीय बैठकले लामो समयदेखिको अवरुद्ध संसदलाई गति दिने आसा गरिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले सहभागिता नजनाउने भए पछि त्यो आसामा तुसारापात हुने देखिएको छ । नेकपा एमालेको विरोधका कारण लामो समयदेखि संसद बैठक चल्न सकिरहेको छैन । 

यसैबिच सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनमा रहेका पाँच दलबिच छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्