रक्षा मन्त्री रिजालको राजीनामा स्वीकृत


काठमाडौँ, ५ पौष । रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत भएको छ । पार्टीको महामन्त्री पदमा पराजित भएपछि मन्त्री पदबाट रिजालले दिएको राजीनामा स्वीकृत भएको हो । 

रिजालले पार्टीको महामन्त्री पदमा पराजित भए पछि पुस १ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । रिजालको राजीनामा स्वीकृत भए पछि उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाको जिम्मामा आएको छ । 

यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा २ को (क) अनुसार अर्को व्यवस्था नहुँदासम्म प्रधान मन्त्री देउवालाई रक्षा मन्त्रालयको जिम्मेवारी तोकेकी हुन् । 

प्रतिक्रिया दिनुहोस्