बेलबारीमा एक महिने ढाका कपडा बुनाइ तालिम सम्पन्न


बेलबारी, ६ पौष । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDEPA) अन्तरगत बेलबारीमा एक महिने ढाका कपडा बुनाइ तालिम सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिमको आज एक कार्यक्रमबिच समापन गरिएको हो ।

बेलबारी नगरपालिका वडा नं ३, ५ र ६ का गरेर विभिन्न २७ जना महिलाले तालिममा सहभागिता जनाएका थिए । 

तालिमको समापन कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गरिन् । महिला सशक्तीकरणमा आयआर्जनको ठूलो भूमिका रहने बताउँदै उपप्रमुख पराजुलीले नगरपालिकाले महिलाहरूलाई आयआर्जनको पाटोमा जोड्ने काम गरिरहेको बताइन् । उनले बजारीकरणको चिन्ता नलिई उत्पादनमा लाग्नसमेत आग्रह गरिन् ।

उने भनिन् ‘तपाईँहरू उत्पादन गर्नुहोस् बजारीकरणको समस्या रहने छैन । बजारीकरणका लागि नगरपालिकाको पूर्ण सहयोग गर्ने छ ।’  कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश राज कार्की, लेखा अधिकृत धनमाया राई, बेलबारी नगरपालिका वडा नं ५ का अध्यक्ष विश्वबन्धु बस्नेत लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । 

तालिमका सहभागी तथा प्रशिक्षकहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो सहभागीले तालिम ज्यादै प्रभावकारी भएको बताउँदै आफूहरू सिकेको कुरालाई व्यावसायिकीकरणमा बदल्ने बताए ।  

मङ्सिर ५ गतेदेखि चलेको तालिममा सरस्वती कट्टेल, वविता राई र रुपा लिम्बू प्रशिक्षक रहेका थिए भने तालिमको सहजीकरण भने नगरपालिकाका उद्यम विकास सहजकर्ता रमेश अधिकारीले गरेका थिए ।     

प्रतिक्रिया दिनुहोस्