अहिलेको अवस्थामा एमसीसी पास हुन नसक्ने एमालेको भनाइ


काठमाडौँ, ७ पौष । नेकपा एमाले अहिलेकै अवस्थामा एमसीसी पास होस् भन्ने पक्षमा नभएको प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । हिजो (मंगलबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले यस्तो धारणा राखेका हुन् ।

गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्ला चलिरहेको बेलामा त्यो हल्लामा कुनै सत्याता नरहेको पनि बताए । उनले एमाले कुनै पनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।


उनले भने, ‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुची छैन । सरकारमा जान कुनै रुची छैन । नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन । हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस् भन्नेमा छौँ ।’


यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौँ । स्पष्ट गर्न चाहन्छु म नेकपा एमालेको तर्फबाटकी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन । कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौं ।’

प्रतिक्रिया दिनुहोस्