घरमा आगलागी हुँदा रौतहटमा दुई बालबालिकाको मृत्यु


रौतहट, ७ पौष । आगलागीमा परेर रौतहटमा दुई बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर मृत्यु हुनेमा फतुवा विजयपुर–१ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीय छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरमा मङ्गलवार दिउँसो २ बजे अचानक भएको आगलागीबाट जलेर ४ बर्षीया बालिका आराध्यको घटनास्थलमै मृत्यु भएको र आगलागीबाट शरीरको अधिकांश भाग जलिसकेका ५ वर्षीय बालक रोहितको उपचारको क्रममा बिहान टिचिङ अस्पताल काठमाडौँमा मृत्यु भएको बताए ।

दाइँ गर्न राखिएको धानमा आगो सल्किएको बताइएको छ । आगलागीबाट मदन यादवको घर तथा घरमा रहेको अन्न, लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्