केराबारी विजयी : क्लब स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता


बेलबारी, मोरङ / बेलबारीमा जारी क्लब स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमा केराबारी फुटबल क्लब विजयी भएको छ ।
बेलबारी २ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा सञ्चालन भएको उद्घाटन खेलमा आयोजक सिंहदेवी युवा क्लब बेलबारीलाई २–१ को अन्तरले हराउँदै केराबारी फुटबल क्लब विजयी भएको हो ।

खेलको पहिलो हाफमा आयोजक टिम केराबारीमाथि हाबी देखिए पनि दोस्रो हापमापुगे पछि भने त्यो सन्तुलन कायम गर्न सकेन । खेल सुरु भएको ११ मिनेटमा आयोजक टिमका अमृत कटवालले १ गोल गरेर आयोजक टिमलाई ०–१ को अग्रता दिलाए पनि दोस्रो हाफमा भने केराबारीको लगातारको २ गोलले आयोजक टिमलाई पराजय बेहोर्न बाध्य तुल्याएको थियो ।

 

दोस्रो हाफको ८ मिनेटमा डी एरियाबाट फ्रिकिक मार्फत केराबारीका जर्सी नं ५ का खेलाडी मनोज राईले गरेको पहिलो गोलले बराबरी मात्र बनाएन केराबारीलाई विजयको ढोका पनि खोलिदिएको थियो । आफ्नो तर्फबाट १ गोल भए पछि थप उत्साहित हुन पुगेका केराबारीका खेलाडीलाई उमेश राईको दोस्रो गोलले उत्साहित मात्र तुल्याएन विजयी टिमको रूपमा घोषणा गर्न सहयोग पुर्‍यायो ।

कडा प्रतिस्पर्धा भएको पहिलो दिनको प्रतियोगिताको दोस्रो हाफको २३ मिनेटमा केराबारीका जर्सी नं ४ का उमेश राईले प्रहार गरेको गोलले केराबारीलाई अनन्त विजयी टिमको रूपमा घोषणा गर्न सहयोग पुर्‍यायो ।

बागदेवि खेलमैदानको स्तरउन्नति गर्ने अभिप्रायकासाथ सञ्चालन गरिएको प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले गरेकी थिइन । प्रतियोगितामा केराबारीका उमेश राई मेन अफद म्याच घोषित भए । भोलि एपिएफ पूर्वाञ्चल र नरेन्द्र स्मृति क्लब बेलबालरीविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

https://youtu.be/7skUedHzcDc

प्रतिक्रिया दिनुहोस्