आरोहण गुरुकुलमा ‘खरानीको डोरी’ मञ्चन हुँदै


विराटनगर, ७ पौष । आरोहण गुरुकुल (सुशीला कोइराला नाटकघर) विराटनगरमा प्रसिद्ध लोक लयमा आधारित ‘खरानीको डोरी’ नाटक मञ्चन हुने भएको छ । विराट आदर्श आहित्य मञ्चको पाँचौँ प्रस्तुतिको रूपमा उक्त नाटक भोलि बुधवार ४ बजेबाट मञ्चन हुने छ । 


नाटकमा विराटनगरका विभिन्न स्कुल कलेजमा पढ्ने विद्यार्थीको अभिनय रहेको छ । खरानीको डोरीको नाट्य रूपान्तरण कटवाल दीपकले गरेका हुन भने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका हुन । नाटकमा प्रदीप दाहाल, अनिल खत्री, अतीत निरौला, विकल्प दाहाल, विकेश बस्नेत, पूजा कटवाल, दीक्षा तिमल्सिना, तीर्थराज विश्वकर्मा, सुगल अधिकारी, निर्जल पौडेल र नगेन्द्र खड्काको अभिनय रहेको छ ।


विराटन आदर्श साहित्य मञ्चको आयोजनामा मञ्चन हुन गइरहेको नाटकमा मोरङ हिसान र प्याब्सन विराटनगरले सहकार्य गरेका छन् । 
अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको मञ्चका अध्यक्ष कटवाल दीपकले बताए ।  भोलि बुधवार ४ः३० बजेबाट नाटक मञ्चन हुने उनले जानकारी दिए । 


नाटक भोलि बुधवार ८ गते बाट १७ गते सम्म मञ्चन हुनेछ । बिहीबारबाट हरेक दिन १०ः३० बजे र १२ः३० बजे गरेर दैनिक दुई सो नाटक मञ्चन हुने उनले बताए ।  नाटक हेर्नका लागि विद्यार्थीका लागि १ सय र अन्य व्यक्तिका लागि २ सय शुल्क राखिएको उनले बताए । 
मञ्चले यो भन्दा अगाडी ‘मुनामदन’, ‘छिँडीभरिको आकाश’ लगायतका नाटक साफतापूर्वक मञ्चन गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्