अनेरास्वबियू बेलबारीको नगर सम्मेलन सम्पन्न


बेलबारी, ७ पौष । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बेलबारीको प्रथम नगर अधिवेसन सम्पन्न भएको छ । बेलबारी १ मा रहेको सांस्कृतिक भवनमा सम्पन्न सम्मेलनको प्रमुख आतिथ्यता नेकपा एमालेका प्रदेश सदस्य एवम् बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको रहेको थियो । 

उक्त कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष सन्तोष घिमिरे, राष्ट्रिय युवा सङ्घ केन्द्रीय उपाध्यक्ष रविन थापा, नेकपा एमाले बेलबारी नगर कमिटी उपाध्यक्ष कृष्ण गुरुङ, नेकपा एमाले बेलबारी नगरपालिका विद्यार्थी विभाग इन्चार्ज शीतल राय लगायतको सहभागिता रहेको थियो ।                                           

४१ सदस्यीय नगर कमिटी निर्माण              

प्रथम नगर सम्मेलनले सन्तोष पोखरेलको अध्यक्षतामा ४१ सदस्सीय नगर कमिटीको गठन भएको छ । उपाध्यक्षमा जीवन विष्ट र सचिवमा नीराजन रोकाहा चयन भएका छन् । त्यसै गरी सह–सचिवमा नीरज चौधरी, अपर्णा सिवा र सविन रोकाहा चयन भएका छन् भने कोषाध्यक्षमा लक्ष्मी कार्की चयन भएकी छिन् ।

पौष ७ गते अनेरास्ववियूको सबै पालिका सम्मेलन सम्पन्न हुने र १० क्याम्पस कमिटीको गठन हुने कार्यतालिका रहेको छ । जिल्ला सम्मेलन भने १६ –१७ गते हुने जिल्ला कमिटी सदस्य एवम् सम्मेलन आयोजक कमिटीको अध्यक्ष विपलभ पोखरेलले जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्