सुन्दरहरैँचाको सुकुना माविको स्वर्ण महोत्सव उद्घाटन समारोहको समापन


सुन्दरहरैंचा, ८ पौष । मोरङको सुन्दरहरैँचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयको पुष १ गते देखि सञ्चालन भएको स्वर्ण महोत्सवको औपचारिक कार्यक्रमको समापन भएको छ । प्रदेश मुख्यमन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गरेको महोत्सवलाई बुधवार समापन गरिएको हो ।

सातौैैैैैैँ दिनको कार्यक्रमको औपचारिक समापन समारोहमा प्रमुख अतिथि प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौला रहेका थिए ।

महोत्सवको सातौँ दिन अर्थात् उद्घाटन समारोहको औपचारिक समापनका दिन लामो समयसम्म सेवा गरेर हालै निवृत्त भएकी विद्यालयकी लेखा शाखाकी कर्मचारी कोपिला डाँगीलाई विद्यालयको तर्फबाट नगद सहित कदर पत्रले सम्मान गरिएको थियो । उक्त अवरमा खेलकुद तथा अतिरिक्त कार्यक्रमका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनुका साथै विविध सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो । साथै हरेक दिनलाई विशेष दिनको रूपमा मनाउँदै विद्यालयको उन्नयनमा योगदान दिने शिक्षक, पूर्व विद्यार्थी, चन्दादातालाई अभिनन्दन गरिएको विद्यालयका प्रअ श्रेष्ठले बताए । 

स्वर्ण महोत्सवलाई व्यवस्थित र मर्यादित बनाउन २ हजार ५ सय १ सदस्यीय मूल समारोह समिति तथा विभिन्न उपसमिति कोसमेत गठन गरिएको थियो । 

पछिल्लो समय प्रदेश १ कै नमुना विद्यालयको रूपमा स्थापित यस माविमा १ देखि १२ सम्म अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा पढाइ हुँदै आएको छ ।साथै यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारमा सिभिल इन्जिनियरिङको पठन पाठन हुँदै आएको छ ।

१३१ जना शिक्षक र १९ जना कर्मचारी कार्यरत यस विद्यालयमा ४ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र प्रसाद गिरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्