प्रदेश–२ को नामकरणका लागि ‘मधेस प्रदेश’ सहित विभिन्न चार प्रस्ताव पेस


जनकपुर, ८ पौष । प्रदेश–२ को नामकरणका लागि ‘मधेस प्रदेश’ सहित विभिन्न चार वटा प्रस्ताव पेस भएका छन् । प्रदेशसभाको आठौँ अधिवेशनको बिहीबार बसेको दोस्रो बैठकमा नामकरणका लागि यस्ता चार प्रस्ताव पेस भएका हुन् हो ।

बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्य मधेस प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस भएका छन् । मधेस प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेस भएको हो भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको छ ।

त्यस्तै सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम ‘जानकी प्रदेश’ प्रस्ताव पेस गरिएको छ । काँग्रेसले ‘मिथिला–भोजपुरा’ नामको प्रस्ताव पेस गरेको छ भने काङ्ग्रेसकै प्रदेशसभा सदस्यले राजेश्वरप्रसाद साहले ‘मध्य मधेस’ प्रदेश प्रस्ताव पेस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्