९० वर्षमाथिका नागरिकलाई अब घरमै भत्ता पुर्याउछौँ : मन्त्री रेग्मी


काठमाडौँ, ९ पौष । ९० वर्षमाथिका नागरिकलाई अब घरमै भत्ता पुर्याउने  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताएकी छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा मन्त्री  रेग्मीले उक्त कुरा बताएकी हुन् । 

मन्त्री रेग्मीले ९० वर्षमाथि र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पुर्याउने तयारी भइरहेको बताइन् । उनले छिट्टै यो व्यवस्था लागु गर्न सरकारले कर्मचारीलाई निर्देशन दिने पनि बताइन् । उनले भनिन् ‘यो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक भत्ता लिन स्थानीय तहको कार्यालय वा बैङ्कमा पुग्नु पर्दैन ।’

मन्त्री रेग्मीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुने गरी विशेष कानुन निर्माण गर्ने बताइन् । रेग्मीले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि सिडमा मात्रै निर्भर नेपाल विशेष कानुन निर्माण गरेर विश्वको ध्यान आकर्षित गराउने प्रयत्नमा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्