राप्रपा अध्यक्ष लिङ्देनले किन अस्वीकार गरेर २५ किलोको माला लगाउन ?


दाङ, ९ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागतका नाममा अनावश्यक खर्च गर्न नहुने बताएका छन् । बिहीबार दाङको तुलसीपुर आयोजित कार्यक्रममा आयोजकको तर्फबाट तयार पारिएको २५ किलो बराबरको फूलको माला पहिरिन अस्वीकार गर्दै अध्यक्ष लिङ्देनले उक्त विचार व्यक्त गरेका हुन् ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष लिङ्देललाई स्वागतको लागि भनेर कपिलबस्तुबाट विशेष फूलको माला झिकाइएको थियो तर उनले आफू योग्य नभएको भन्दै त्यो माला लाउन मानेनन् । 

यसरी किन तपाईँले सयपत्री फूलको माला लगाउन अस्वीकार गर्नु भन्ने पत्रकारको जवाफमा उनले सहज रूपमा हाँसेरै ‘मैले काम नै के गरेको छु र यो सुन्दर फूलको माला लगाउनलाई’ भन्ने जवाफ दिएका थिए । उनले आफू देश र जनताको लागि केही उल्लेखनीय काम गरेपछि मात्रै माला लगाउन लायक हुने प्रतिक्रिया दिए । उनले यस्ता फजुल खर्च नगर्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

पछिल्लो समय मालाको होड चलिरहेको बेलामा लिङ्देनको यो कार्यले धेरैका मनमा झस्को पारिदिएको छ । 

प्रतिक्रिया दिनुहोस्