प्रचण्डनिकट व्यक्तिहरूका अभिव्यक्तिले पूर्व राजासँग सम्झौता भएको पुष्टि गरेको छ : केपी ओली


मोरङ, ११ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सम्झौता भएको कुरालाई प्रचण्डनिकट मानिसहरूले नै पुष्टि गरिरहेको बताएका छन् ।

शनिवार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले यस्तो विचार राखेका हुन् । यस अघि नै ओलीले २०६० साल पुस १८ गते प्रचण्डले राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सम्झौता गरेको आरोप लगाएका थिए । ओलीको आरोप लगत्तै प्रचण्डले सो आरोपको खण्डन गर्दै प्रचण्डले ओलीलाई प्रमाण पेस गर्न चुनौती दिएका थिए ।  

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले राजासँग वार्तामा बसेका प्रचण्डनिकट व्यक्तिहरूले नै यो कुरा खुलासा गर्दै हिँडेकाले यसलाई पुष्टि गरेको बताए । 

ओलीले भने ‘प्रचण्डकै मान्छेहरूले बोल्दै हिँडेको कुरा हो । वार्तामा बसेकाहरूले नै भनेपछि त्यसको हामीले यसबारेमा केही बोलिरहनु आवश्यक छैन ।’

प्रतिक्रिया दिनुहोस्