नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको अध्यक्षमा भीम ज्वाला राई


बुटवल, ११ पौष । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको अध्यक्षमा भीम ज्वाला राई चयन भएका छन् । शनिवार बुटवलमा सम्पन्न एमालेनिकट मजदुर सङ्गठनको ११ राष्ट्रिय महाधिवेशनले भीम ज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटीको गठन गरेको हो ।

नव गठित कमिटीको उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह र ठाकुर प्रसाद गैरे र महासचिवमा केशव थापा (निरु) चयन भएका छन् । उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली, सचिवमा सरस्वती रिजाल, शङ्कर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुङ्गाना चयन भएका छन् । 

कोरोना महामारीले यातायात क्षेत्र धरायशी बनेको भन्दै सरकारसँग सार्वजनिक यातायात क्षेत्रको पुनर्स्थापनाको कार्यक्रम ल्याउन माग गर्दै महादिवेसन सकिएको छ । 

सङ्गठनका नवनिर्वाचित अध्यक्ष भीम ज्वाला राई ज्वालाले लगानीकर्ता र श्रमिकको लागि विशेष प्याकेजसहितको योजना ल्याउनुपर्ने कुरामा जोड दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्