बेलबारीका लक्ष्मण कोइरालाले पुरा गरे मेची महाकाली साइकल यात्रा


बेलबारी, १२ पौष । मोरङको बेलबारीका लक्ष्मण कोइरालाले आफ्नो मेची महाकाली साइकल यात्रा पुरा गरेका छन् । मङ्सिर १४ गते (मङ्गलवार) झापाको मेची पुलबाट यात्रा सुरु गरेका ५५ वर्षीय कोइराले आज (सोमवार) आफ्नो साइकल यात्रा पुरा गरेका हुन् ।  

झापा क्षेत्र नम्बर ३ का प्रदेश सभासद् ओमप्रकाश सरावगीले माला लगाएर यात्राको शुभारम्भ गराएका थिए । उनको यात्रा महाकाली पुलमा पुगेर आज सम्पन्न भएको हो । 

बि.स.२०२३ साल फागुन १६ गते मङ्गलवार भोजपुर जिल्लाको फालिकोटमा जन्मिएका उनी झापा हुँदै पछिल्लो समय बेलबारी ३ मा रहेको मालपोत टोलमा बसोबास गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्