सर्लाहीको बयलवास क्षेत्र तनावग्रस्त, दिउँसो ३ बजेदेखि साँझ ७ बजे सम्म निषेधाज्ञा जारी


सर्लाही, १३ पौष । प्रहरीको भ्यानको ठक्करबाट एक व्यापारीको मृत्यु भएको घटनालाई लिएर तनावग्रस्त बनेको सर्लाहीको ईश्वरपुर क्षेत्रलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परेको छ ।

स्थितिलाई काबुमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस चलाएको छ भने दर्जनौँ राउण्ड हवाईफायर गरिएको छ । स्थानीय सडकमा निस्किएर प्रहरीमाथि ढुंगामुढा सुरु गरे पछि प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडप भएको थियो । झडपमा परेर दर्जनौँ सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ । 

यता सुरक्षा निकायको आपत्कालीन बैठक बसेर बयलवास क्षेत्रमा दिउँसो ३ बजेबाट साँझ ७ बजे सम्म निषेधाज्ञा घोषणा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्