बेलबारी नगरपालिकाद्वारा कबीर माविका दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा वितरण


बेलबारी, १३ पौष । बेलबारी नगरपालिकाले दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । बेलबारी नगरपालिका वडा नं २ मा रहेको कबीर माविमा अध्ययनरत दृष्टिविहीन न्यानो कपडा वितरण गरिएको हो । 

नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरपालिकाले उपलब्ध गराएका स्विटर तथा ब्ल्याङ्केट विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद कार्कीलाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा उपप्रमुख ढाकाकुमारी पराजुली, २ नं वडा अध्यक्ष घनश्याम गौतम, विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गाप्रसाद गौतमकोसमेत सहभागिता रहेको थियो । 

नगरपालिकाले उपलब्ध गराएका स्विटर तथा ब्ल्याङ्केट कबीर माविमा अध्ययनरत ११ जना दृष्टिविहीन बालबालिका, दुई जना आया र अन्य तीन जना अति विपन्न विद्यार्थी गरेर जम्मा १६ जनालाई वितरण गरिएको विद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्