पूर्व मुख्यमन्त्री राईले चलाउँदै आएको सरकारी गाडी प्रदेश सरकारलाई फिर्ता


मोरङ, १८ पौष । प्रदेश १ पूर्व मुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । राजीनामा दिएको चार महिना पछि पूर्व मुख्यमन्त्री राईले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी प्रदेश सरकारलाई फिर्ता गरेका हुन् ।

पदबाट हटे पनि सरकारी सेवा सुविधा उपभोग गरेको भन्दै आलोचना भए पनि पूर्व मुख्यमन्त्री राईले आफूले प्रयोग गर्दै आएको सवारी साधन प्रदेश सरकारलाई फिर्ता गरेका हुन् । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले को १ झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयले गाडी फिर्ता भएको पुष्टि गरेको छ । मन्त्रालय सचिव सुमन दाहालले पूर्व मुख्यमन्त्रीले गाडी लिन आउनुहोस् भनेर फोन गरेको र चाँडै गाडी ल्याइने बताए । 

प्रतिक्रिया दिनुहोस्