राजेशपायल राईलाई दुर्व्यवहार गर्ने दावाले मागे माफी


काठमाडौँ, १९ पौष । राजेशपायल राईलाई दुर्व्यवहार गर्ने दावा शेर्पाले माफी मागेका छन् । दावाले माफी मागेको राजेशपायलको अफिसियल फेसबुक पेजद्वारानै भिडियो सार्वजनिक भएको छ ।  

अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा दावाले हातपात गरेको भन्दै एक भिडियो सार्वजनिक भएको थियो । तर आयोजकले राजेशपायलको फेन भएको कारण पछाडिबाट अँगालो हाल्ने प्रयासमा दुर्व्यवहार जस्तो देखिएको तर वास्तविकता त्यस्तो नरहेको स्पष्टीकरण सार्वजनिक गरेका थिए । 

बढी मदिरा सेवन गरेको कारण यस्तो घटना सृजना भएको स्वयम दावाले स्विकार्दै राजेशपायलसँग माफी मागेका छन् । दावाले उप्रान्त यस्तो व्यवहार नदोहोरिने वाचा गरेका छन् भने राजेशपायलले माफी प्रदान गर्दै दावालाई गालीगलौज नगर्दिन समेत सङ्गीत प्रेमीहरूलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्