राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले संयुक्त उमेद्वार बनाउने


काठमाडौँ, १९ पौष । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले संयुक्त उम्मेदवार बनाउने भएको छ । सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठकले संयुक्त उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गठबन्धनमा सहभागी पार्टीहरूको बैठकले राष्ट्रियसभाको निर्वाचनमा एक भएर जाने भन्ने विषयमा छलफल भएको थियो । पहिले जुन जुन पार्टीको खाली भएको छ त्यो उनीहरूलाई नै दिने र बाँकी रहेको ८ सिटमा काँग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक–एक, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने निर्णय भएको छ । 

यसरी हेर्दा काँग्रेसले ६ सिट र माओवादी र एकीकृत समाजवादीले ५/५ सिट पाउने छन् भने जसपाले २ सिट, राष्ट्रिय जनमोर्चाले १ सिट पाउने भएका छन् । 

निर्वाचन आयोगले १२ माघमा निर्वाचन गर्ने मिति तोकेको छ । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस्