कन्चन कुलुङद्वारा विश्रामस्थल निर्माण तथा ज्येष्ठ नागरिक समाजलाई आर्थिक सहयोग


बेलबारी, २० पौष । मोरङको बेलबारीकी सामाजिक अगुवा एवम् राजनीतिक व्यक्तित्व कञ्चन कुलुङ (कृष्णदेवी राई) ले आफ्ना मृतक बुबा आमाको स्मृतिमा विश्राम स्थल निर्माण तथा ज्येष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेकी छिन् ।

बेलबारी ३ मा स्थायी बसोबास रहेकी राईले पिता स्व.सुबेदार सोभितामान राई र माता लगनश्वरी राईको नाममा बेलबारी ३ मा रहेको मालपोत कार्यालयको प्राङ्गणमा ९० हजारको लगानीमा विश्रामालय (फलैँचा) निर्माण गरेकी हुन् । कार्यालयमा सेवाग्राहीहरूको सहजताका लागि आफूले फलैँचा निर्माण गरिदिएको बताइन् ।

राजनैतिक व्यक्तित्वसमेत रहेकी राईले बेलबारी १ मा रहेको ज्येष्ठ नागरिक समाजलाई १ लाख रुपैयाँ नगदसमेत सहयोग गरेकी छिन् । वामपन्थी राजनीतिमा सक्रिय राई माओवादी (केन्द्र) को प्रदेश १ सदस्य समेत रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्