राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा ६ सहित सातै ४३ जनाको उम्मेदवारी दर्ता


मोरङ, २० पौष । १९ सिटका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशबाट ४३ जनाको उम्मेदवारी परेको छ । आज (मङ्गलवार) तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

यस क्रममा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मोरङमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसबाट झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा (एकीकृत समाजवादी)बाट भोजपुरकी जयन्ती राई र जनता समाजवादी पार्टीबाट अपाङ्गता भएका÷अल्पसङ्ख्यकतर्फको कोटाबाट हेमराज थुलुङ राईको उम्मेद्वार उठाएको छ । 

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपाङ्ग÷अल्पसङ्ख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पालाई उमेद्वार बनाएको छ । 

प्रदेश १ मा नेकपा एमालेबाटै निर्वाचित भएका तीन जनाको पद रिक्त भएको हो । पाँचदलीय गठबन्धन एकापट्टी र एमाले एक्लै एकापट्टी चुनावी मैदानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्