केराबारीमा सडक सुरक्षा तथा प्राथमिक उपचार सम्बन्धी एक दिने तालिम सम्पन्न


केराबारी, २१ पौष । मोरङको केराबारीमा सडक सुरक्षा तथा प्राथमिक उपचार विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

केराबारी गाउँपालिका वडा नं ८ मा रहेको मच्छिन्द्र माविमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की, उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेल, इलाका प्रहरी कार्यालय केराबारीका प्रमुख शेरबहादुर पराजुलीको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बालबालिकालाई सडक सुरक्षा तथा प्राथमिक उपचार सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।  उक्त कार्यक्रमको सहजीकरण ट्राफिकका रामचन्द्र कटुवालले गरेका थिए भने प्राथमिक उपचार सम्बन्धी तालिमको सहजीकरण नेपाल रेडक्रस सोसाइटीका थमराज लिम्बूको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्