नेकपा एमालेको आज ७७ वटै जिल्लामा अधिवेशन हुँदै


मोरङ, २३ पौष । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (शुक्रवार) देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन हुँदै छ । जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज ११ बजे भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने छन् । 

सोही कार्यक्रमअनुसार नेकपा (एमाले) मोरङको ९ औँ जिल्ला आज हुँदै छ । एमाले मोरङले आज पुस २३ हुने ९ औँ अधिवेशनको तयारी पूर्ण भएको जनाएको छ । यस पटकको अधिवेशनमा प्रतिनिधिहरू मात्रै सहभागी हुने छन् । अधिवेशनका लागि प्रतिनिधिहरू जिल्ला आइसकेका छन् ।

विराटनगरमा सम्पन्न हुने जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी हुने जिल्ला सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक रुपेश खतिवडाले जानकारी दिए ।मोरङमा १६५ सदस्यीय जिल्ला कमिटी बन्ने छ । एमालेले पदाधिकारी चयन गर्दा सकेसम्म सर्वसम्मत गर्ने सहमति हुन नसेका मात्र निर्वाचन प्रक्रियामा जाने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्