बेलबारी साहित्य विकास समितिद्वारा प्राज्ञ गङ्गा सम्मानित : ईरान र मेखबहादुर पुरस्कृत


बेलबारी साहित्य पुरस्कारबाट ईरान राई र बेलबारी कला पुरस्कारबाट मेखबहादुर कार्की सम्मानित

बेलबारी, २४ पौष । बेलबारी साहित्य विकास समितिले आज एक कार्यक्रम गरेर साहित्य सम्मान तथा पुरस्कार वितरण गरेको छ । आफ्नो चौथो वार्षिक साधारण सभाको अवसर पारेर प्राज्ञ गङ्गा सुवेदीलाई विशेष सम्मानका साथै बेलबारीका स्रष्टा ईरान राईलाई बेलबारी साहित्य पुरस्कार कलाकार मेखबहादुर कार्कीलाई बेलबारी कला पुरस्कारबाट सम्मानित गरिएको हो । 

कलाको माध्यमबाट राष्ट्रलाई पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ललित कला प्रतिष्ठानकी सदस्य पाज्ञ गङ्गा सुवेदीलाई सम्मान गरिएको बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तिला लेकालीले जानकारी दिएकी छिन् । 

कार्यक्रमका प्रमुख अतिथि उपकुलपति डा. जगमान गुरुङले सुवेदीलाई सम्मान गरेका थिए ।बेलबारी १ मा रहेको सांस्कृतिक सभा हलमा सम्पन्न साधारसभाको उद्घाटन प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संस्कृतिविध डा.जगमान गुरुङले नेपाल बहुजाती, बहु भाषिक र बहु सांस्कृतिक देश रहेकोले नेपालको सामाजिक रूपान्तरणमा सबैको उत्तिकै भूमिका रहेको बताए । प्रमुख अतिथि गुरुङले नेपाली संस्कृतिको बारेमा प्रस्ट पारेका थिए ।

सम्मानित व्यक्तित्व गङ्गा सुवेदीले अरूले आफूलाई के दियो भन्दा पनि आफूले के गर्न सक्यौँ भनेर सोच्नु पर्ने बताइन् । यस्ता सम्मानले सर्जकलाई कला साहित्यका क्षेत्रमा काम गर्न थप उर्जा तथा जिम्मेवारी थपिदिने बताइन् । उक्त कार्यक्रममा प्रज्ञा सदस्य सुभद्रा भट्टराई, प्रा.डा.बद्री विशाल पोखरेल, डा. पदम बिमलीले मन्तव्य राखेका थिए । 

उक्त कार्यक्रममा नरेन्द्र स्मृति प्रतिष्ठानका संरक्षक सरला चापागाईँ, स्रष्टाहरू  आचार्य अ, किशोर कोइराला, बिन्दु दाहाल मूकदर्शक, रोहिणी विलास अधिकारी, मीना अधिकारी, कलाकार एवम् प्राध्यापक भीम बस्नेत, कलाकार शिव छाङ्छा, लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्थानीय कलाकार सन्जिव धिमाले धिमाल भाषाको गीत प्रस्तुत गरेका थिए।            

बेलबारी साहित्य विकास समितिका अध्यक्ष तीला लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कलाकार जेबी थुलुङ र संस्थाका सचिव धनजीत पराजुलीको रहेको थियो । २०६७ सालमा स्थापना भएको बेलबारी साहित्य विकास समितिले बेलबारीमा साहित्यको विकासमा काम गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्